ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं : प्रवक्ता

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १४:१०:३४ मा प्रकाशित

काठमाडौँ । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा समिति गठन भएको छ ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने विश्वास रहेको प्रवक्ता गुरुङले जनाए । सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । यसअघि सरकारले भूमिगत समूहहरुसँग वार्ता गर्न भन्दै सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top