होमपेज / राजनीति
काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश भ्रमणमा लागेका छन् । प्रधानमन्त्री शर्मा ओली मंगलबार झापा र मोरङका दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुन जाने भएका छन्।
विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओली व्यस्त हुन थालेका हुन् । आइतबारमात्र झापाको दमक, कमल र गौरादह नगरपालिकाका पाँच वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका प्रधानमन्त्री ओली फेरि झापा जान लागेका हुन्।
आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ । गृह जिल्ला झापाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किनेछन।