ट्रेण्डिङ

होमपेज / राजनीति

केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ:प्रचण्ड

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार १७:२९:१७ मा प्रकाशित

काठमाडाैँ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको निर्णय सर्वोच्चबाट खारेज भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

काठमाडौँमा सोमबार भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले ओलीले नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको दाहालले बताए।

संसारको परम्परा र नजिर हाम्रै अगाडि छ, यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि त राजीनामा दिनुपर्ने हो,’ दाहालले भने, ‘केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ?’

ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्दै अझै पनि आफूतिर मानिसहरुलाई तान्न खोजिरहेको आरोप लगाउँदै दाहालले भने, ‘प्रतिक्रियावादीहरु षड्यन्त्र गर्छन्, सफल हुँदैनन्, फेरि बेइमानी, षड्यन्त्र गर्छन् सफल हुँदैनन् । जबसम्म पतन हुँदैनन् तबसम्म षड्यन्त्र र गडबड गर्छन् । केपी ओली पनि यही बाटोमा हिँडेका छन् । ओली प्रतिक्रियावादी पात्रको एउटा रुप हो ।’निर्वाचन आयोगले अबको केहीदिनभित्र पार्टीको आधिकारिता आफूलाई दिने प्रचण्डको दाबी छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top