ट्रेण्डिङ

होमपेज / राजनीति

म माथि शारीरिक हमला हुन सक्छ,मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला:प्रधानमन्त्री ओली

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार १६:३१:०३ मा प्रकाशित

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् ।ओलीले सरकार गतिशील ढंगले काम गरेकाले आफूमाथि षड्यन्त्र भइरहेको बताएका हुन। 

‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।उनले तर त्यस्तो हुन नदिने र सतर्कता अपनाउने पनि बताए ।

पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताएका छन् ।उनले भने, “विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”

उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने र पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्त्वका मतियारहरूसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top