ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड-माधव समूहकाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक फागुन १९ गते

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार १४:११:२७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

सिंहदरवारमा सोमबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top