होमपेज / राजनीति
सरकारले २३ फागुनमा प्रतिनिधिसभा बैठक महाधिवेशन आह्वान निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ फागुनमा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
५ पुसमा प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई ११ फागुनमा सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन परामादेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभाको बैठकको आह्वानका लागि सिफारिसको निर्णय गरेको हो ।