होमपेज / राजनीति
काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।
आइतबार वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले महानगर कार्यालय घेराउ गरेका हुन्।कमलपोखरीको कंक्रिटको फूल र बालाजु, बाइपासमा सडक विस्तारका क्रममा स्थानीयलाई उठिबास लगाइएको भन्दै सोही स्थानमा पुनःस्थापनाको मागसहित प्रदर्शन गरिएको हो ।बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग पनि उनीहरूको छ।