होमपेज / राजनीति
काठमाडौँ– नेकपा ओली समूहको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि प्रमुख सचेतक गुरुङ प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएका हुन।