ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार १९:२८:५९ मा प्रकाशित

 काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गठबन्धन सरकार निर्माणको परिस्थिति आइनसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले यी दुई पक्षमध्ये कुनलाई आधिकारिकता दिन्छ वा यी समूहले कुनले बेग्लै पार्टी गठन गर्छ त्यसअनुसार निर्णय गर्ने तयारीमा कांग्रेस छ।सभापति देउवाले आजको बैठकमा नेकपाका दुवै समूहले सहकार्य गरेर जानुपर्ने भन्ने प्रस्तावका सन्दर्भमा धारणा राख्न पार्टीका नेताहरूलाई समय दिएका थिए।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘उहाँहरूको पार्टी (नेकपा) फुटेको छैन । संसदीय दलको नेता ओलीजी नै हुनुहुन्छ । उहाँले राजीनामा दिनुभएको छैन। अविश्वासको प्रस्ताव अघि बढ्ने हो कि होइन ? यी सबै कुरा संसद् बैठक बसेपछि मात्रै थाहा लाग्छन् । यो सबै कुरा उहाँहरूको पार्टीभित्रका कुरा हुन् । त्यसैले कांग्रेसले अहिल्यै यसो गर्छु वा उसो गर्छु भन्ने वेला आएको छैन ।’  

यस्तै नेता अर्जुनरसिंह केसीले नेकपा विभाजित भएर सरकार शून्यताको हुने स्थितिमा मात्रै कांग्रेस सत्ता निर्माणमा संलग्न हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top