होमपेज / राजनीति
काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप शुरू भएको छ ।
अहिलेनयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ । हिजाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको प्रचण्ड-माधव समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । नेकपाका दुवै समूहले नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस नै निर्णायक देखिएको छ ।