ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार ११:०८:५७ मा प्रकाशित

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर भेटवार्ता गरेका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका हुन् । ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले  भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’

 उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top