ट्रेण्डिङ

होमपेज / राजनीति

आज बस्ने भनिएकाे नेकपा ओली समूहकाे स्थायी कमिटी  बैठक स्थगित

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार १०:१५:३० मा प्रकाशित

काठमाडाैँ। आज बस्ने भनिएकाे नेकपा ओली समूहकाे स्थायी कमिटी  बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी बुधबार स्थायी कमिटी बैठक सकिएको थियो।

‘बैठक स्थगित भएको सूचना आएको छ तर के कारण भन्ने जानकारी छैन,’ सत्यनाराण मण्डलले  भने ।ओली समूहको बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले स्थायी कमिटी बैठक अब कहिले बस्छ भन्ने टुंगाे नभएकाे बताए । 'आज बैठक बस्दैन । अर्काे मिति तय गरिएकाे छैन', उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top