ट्रेण्डिङ

होमपेज / राजनीति

वामदेव विहानै किन पुगे प्रचण्ड निवास

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार ०९:००:३९ मा प्रकाशित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् । उनले प्रचण्डसँग एक घन्टा बसेर पार्टी एकताको सूत्रबारे कुराकानी गरेका छन् । विहान सात बजे खुमलटार पुगेका गौतम आठ बसेपछि निस्किएका थिए । त्यहाँ उनले प्रचण्डसँग एक्ला एक्लै समेत कुराकानी गरेका थिए ।

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बर्हिगमन गराएर जानेबारे कुराकानी गरेको बुझिएको छ । नेकपाको बहुमत रहेकाले सरकारको नेतृत्व पनि नेकपाले नै गर्नेबारे गौतमले कुराकानी गरेका थिए । नेकपा विभाजन भइसकेपनि गौतम कुनैपनि पक्षमा छैनन् । उनले एकता अभियान चलाउँदै आएका छन् । पछिल्लो समय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top