ट्रेण्डिङ

होमपेज / राजनीति

‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ:प्रधानमन्त्री

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार १८:५७:३५ मा प्रकाशित

काठमाडौँ। सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य घटनाको रुपमा लिएको बताएका छन।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरिदिएपछि अहिले उनले नैतिकतामा  राजीनामा दिनुपर्ने माग उठिरहेको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई सूर्यसँग तुलना गर्दै अस्ताउँदा समेत मुस्कुराउने बताएका छन् ।

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’आफू भ्रमबाट मुक्त भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले दुस्खी नतुल्याएको बताए । उनले तत्काल सत्ता नछाड्ने संकेत गरे । सुख होस् दु:ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।’

यसअघि ओली समूहका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने संकेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top