ट्रेण्डिङ

होमपेज / राजनीति

देउवा फकाउन प्रचण्ड र माधव नेपालको दौडधुप

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार १६:३५:३७ मा प्रकाशित

काठमाडाैँ। आज नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

भेटमा प्रचण्ड र नेपालले  सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव राखेका  छन् । २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा प्रचण्ड र नेपालले देउवासँग छलफल गर। ‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको छ । उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ । सभापतिले पार्टीमा छलफल गर्छु भने।’देउवाका स्वकीय सचिव भानु देउवाले भने। 

प्रचण्ड-नेपालले पौडेलसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए।सँसद पुनर्स्थापनाको फैसला आएसँगै बीबीसीसँगको अन्तर्वार्तामा  राष्ट्रिय सहमतिको सरकार निर्माणको संवादको थालनी आफ्नो पार्टीले सुरु गर्ने प्रचण्डले बताएका थिए । आफू प्रधानमन्त्रीको दौडबाट टाढा रहने उनको भनाइ  थियो ।

संविधानको धारा ७६ को उपधारा २ मा भनिएको छ- ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top