ट्रेण्डिङ

होमपेज / राजनीति

 नेकपा प्रचण्ड–माधव समूहले आज विजय जुलुस गर्ने

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार ०९:४४:५८ मा प्रकाशित

काठमाडाैँ।  नेकपा प्रचण्ड–माधव समूहले आज विजय जुलुस गर्ने भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको हाे।

काठमाडौंमा हुने विजय जुलुसलाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने भएका छन् । काठमाडौंको विजय जुलुस शान्तिबाटिकाबाट मध्याह्न १२ बजे सुरु हुने जनाइएको छ ।यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top