ट्रेण्डिङ

होमपेज / राजनीति

अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्:प्रचण्ड

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार २०:००:०० मा प्रकाशित

काठमाडाैँ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अदालतले सँसद पुन स्थापनाको फैसला गरे लगत्तै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन।

प्रचण्डले भने,‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’। अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । उनले देशैभर विजय र्‍याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top