ट्रेण्डिङ

होमपेज / राजनीति

संसद पुनर्स्थापना भएसँगै उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १९:५१:२२ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई–अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने सम्भावनाका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार बताएअनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको थियो ।

सर्वोच्च अदालतले आज (मंगलबार) विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रसष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गदै बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घेषण गरेकी थिइन् । उक्त संसद विघटन संविधान विपरित रुपमा भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top