होमपेज / राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास आफूलाई रहेको बताएका हुन् । २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भेरभोलि नै फैसला आउने बताए ।संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला संविधान मिच्ने, संविधान र संसदलाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम सच्चिन्छ । संसद पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ।’
धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइहेको बताए । प्रचण्डले आफूहरूले एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भएपनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताउनुभयो ।