ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन प्रधानमन्त्री ओलीकाे निर्देशन

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १४:०८:५४ मा प्रकाशित

काठमाडाैँ। निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिँदै आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा प्रधानमन्त्रीले सुरक्षा व्यवस्था थप मजबुद बनाउन निर्देशन दिएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सुरक्षा परिषदको बैठकमा सहभागी थिए । बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित विप्लव समूहको गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top