होमपेज / राजनीति
काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । उनले भने, ‘राजीनामा गरेको छैन। गर्ने अवस्था पनि छैन । गर्दा पनि गर्दिनँ। मेरा विरूद्ध चलाइएको हल्ला हो ।’
विभिन्न सञ्चारमाध्यममा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि उनले आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन् ।विज्ञप्तिमा खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको उल्लेख छ ।