ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार ०८:५५:१९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकश्मिक रुपमा सुरक्षा परिषदको बैठक बोलाएका छन्। सामान्यतथा गम्भीर सुरक्षा चुनौती देखिँदा परिषदको बैठक बस्ने गर्छ। तर मंगलबारको सुरक्षा पसिरषद बैठकलाई भने प्रधानमन्त्रीले नियमित भनेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको मुद्दामा मंगलबारदेखि जुनसुकै बेला फैसला आउन सक्ने बताएका छन् ।

विघटनको मुद्दा सदर वा बदर जे भए पनि आन्दोलन भड्किन सक्ने र त्यसले हिंसाको रुप पनि लिन सक्ने अनुमान सुरक्षा विज्ञहरुले गरिरहेका बेला प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका हुन्। सोमबार प्रधानन्यायाधीश जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वाेच्चमै पुगेर भेटवार्ता गरेका थिए।

उक्त भेट पनि संसद विघटन मुद्दाको फैसलापछि आउन सक्ने प्रतिकुल अवस्थालाई कसरी सामना गर्ने भन्नेमा केन्द्रीत रहेको श्रोतको दाबी छ। यही सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top