होमपेज / राजनीति
काठमाडौं नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार पनि विभिन्न कार्यक्रम गरेको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन्।
अनेरास्ववियुले आज दिउँसो अपराह्न २ बजे दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि ओलीको ‘बुख्याँचा’ लाई जुत्ता हान्ने कार्यक्र गरेको हो।
अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले ओलीलाई प्रतिगमनको प्रतीक बनाएर प्रतिगमनविरुद्ध जुत्ता प्रहारको कार्यक्रम राखिएको बताए ।