ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा पुनर्स्थापना हुने हो भने आन्दोलन हुन्छ:प्रधानमन्त्री

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार ०८:५३:०० मा प्रकाशित

काठमाडाैँ। विराटनगरमा आयोजित पार्टीको सभामा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने हो भने आन्दोलन हुने बताएका छन। 

बिहीबार मात्रै अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चमा उपस्थित भएका थिए । आफ्नो लिखित जवाफमा उनले प्रष्ट भनेका थिए, ‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ । मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनि कल्पना गर्नुसमेत दूराग्रहपूर्ण छ ।’

नेकपा ओली समूहको प्रदेश १ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभामा उनले ‘जनता ९विघटन० को विपक्षमा अदालतको फैसला आए’ आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । ‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीका अनुसार विघटनको निर्णय बदर भए षडयन्त्र र सेटिङमा भएको हुनेछ र त्यो जनताको विपक्षमा हुनेछ । यसो भए आन्दोलन हुने चेतावनी प्रधानमन्त्रीले दिएका छन् ।

चुनाव हुन्छ-हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए । ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top