ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड–नेपाल समूहको गोयवल्स शैलीको षडयन्त्र पूरा हुँदैन :मन्त्री थापा

नेपालगाथा २०७७ फाल्गुण ८ गते शनिबार १६:३७:१२ मा प्रकाशित

काठमाडाैँ।  नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले केही मन्त्रीहरु प्रचण्ड–माधव समूहमा फर्कदै छन् भनेर भ्रम फैलाइएको बताए ।

नेकपा प्रदेश १ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताए ।ओली समूहको विराटनगर सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई हिटलरजस्तै बन्न रुचाउनेहरूले प्रतिगमन भनेर दुष्प्रचार गरेको बताए।

शनिबार विराटनगरमा भएको सभालाई सम्बोधन गर्ने क्रममा उनले मन्त्रीहरु फर्कने कुरा भ्रमपूर्ण रहेको उल्लेख गर्दै भने, ‘यो उनीहरुको आतंकको र भयको अभिव्यक्ति हो ।’
मन्त्री थापाले प्रचण्ड–नेपाल समूहको गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने पनि उनले दावी गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top