होमपेज / राजनीति
काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मूल घरमै आउन आग्रह गरेका हुन।
उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, चाहानुहुन्न भने भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध हाल्न सकिन्न ।’उनले प्रचण्डको माया लाग्छ समेत भनेका छन। उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिधिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिए, सिंग हाल्देको थिए, लामो सिंग भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफै सकिएको पत्तो छैन ।’
प्रचण्ड पार्टीमा नफर्किए उनलाई रामराम भन्न सक्ने तर काँध हाल्न नसक्ने उनको भनाइ छ । राजनीतिक रूपमा सिद्धिएका प्रचण्डलाई आफूले नै स्थान दिएको उनको भनाइ थियो ।