ट्रेण्डिङ

होमपेज / राजनीति

एमिकस क्यु्री बहस आज सकिने

नेपालगाथा २०७७ फाल्गुण ७ गते शुक्रबार १०:४६:३७ मा प्रकाशित

काठमाडाै‌ ।  सोमबारबाट भएको एमिकस क्यु्री बहस आज सकिने भएको छ । न्यायिक पक्ष र सरकारीपक्षबाट बहस सकिएपछि एमिकस क्यु्री बहस सुरु भएको थियो ।एमिकस क्यु्री बहस  पनि आजबाट सकिएपछि माघ ३ गतेबाट विघटनको मुद्दामा निरन्तर भएको बहस पनि आज सकिने छ ।

हिजो बिहीबारसम्म पाँचमध्ये चार जना एमिकस क्युरीको बहस सकिएको छ । बाँकी एक जनाको पनि आज सकिने छ ।त्यसपछि सर्वोच्च अदालतले निर्णय सुनाउने दिन तोक्छ वा शुक्रबार नै आफ्नो आदेश सुनाउँछ भन्नेबारेमा अन्योल नै छ ।

एमिकस क्युरीमध्ये वरिष्ठ अधिवक्ता गीता संग्रौला पाठकले मात्र आफ्नो भनाइ राख्न वाँकी रहेको छ ।बिहीबार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले एमिकस क्युरीको नाताले आफ्नो भनाइ राखेको थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच पुसमा संसद विघटन गरेका थिए । विघटनमा १३ वटा रिट दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top