ट्रेण्डिङ

होमपेज / राजनीति

कडा सुरक्षा व्यवस्थासहित अवहेलना मुद्दाको लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १२:१४:५३ मा प्रकाशित

काठमाडौँ अवहेलना मुद्दाको लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुगेका हुन्। 

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। सोही मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन भनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top