होमपेज / राजनीति
काठमाडाैँ। प्रतिनिधि सभा विघटन मुद्दामा अहिले एमिकस क्युरीका सदस्यहरूले राय दिइरहेका छन्। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको तर्क गरेका छन् ।
झण्डै डेढ घण्टा लामो राय टुंग्याउँदै उनले प्रतिनिधि सभा विघटनको निर्णय बदर हुन पर्ने आफ्नो मान्यता रहेको कुरा राख्दै निर्णय भने इजलासले गर्नुपर्ने बताए।उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई पनि छ ।’सुनुवाइमा एमिकस क्युरीका सदस्यहरूले राय दिने क्रम जारी छ।
त्यस्तै उनले सरकार गठन गर्न कुनै पार्टी तयार नभएको अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने तर्क गरे ।उनले भने, ‘पार्टीभित्र जन्जाल र समस्या उत्पन्न भएमा सरकारको काममा बाधा नपार्न संसद् विघटन गर्ने हो ।’