होमपेज / राजनीति
काठमाडौँ- आजको बागमती प्रदेशसभाको बैठक स्थगीत भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव आज पनि छलफल नहुने भएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो ।