ट्रेण्डिङ

होमपेज / राजनीति

आज प्रधानमन्त्री केपी ओ‌लीले तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने

नेपालगाथा २०७७ फाल्गुण ३ गते सोमबार ०८:३८:२७ मा प्रकाशित

काठमाडौं ।  आज प्रधानमन्त्री केपी ओ‌लीले पत्रकार सम्मेलन गर्दैछन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारका उपलब्धिका सम्बन्धमा जानकारी दिन प्रधानमन्त्री ओलीले प्रेस ब्रिफिङको आयोजना गरेका हुन् । 
ओलीले आजै पुनर्निर्माणको काम पूरा भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज ११ बजे सिहदरबारका तीन मोहडाको पुनर्निमाण सम्पन्न भएकोमा उद्घाटन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा अब सिंहदरबार मुख्य भवनबाट सञ्चालन हुने थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा त्यहीँबाट सरकारका तीन वर्षे उपलब्धिका सम्बन्धमा प्रेस ब्रिफिङ गर्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top