ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगले दलहरुलाई छलफलमा बोलायो

नेपालगाथा २०७७ फाल्गुण २ गते आइतबार ११:१२:५५ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्दैछ। बिहान ११ बजे आचारसंहिताको मस्यौदाबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि दलहरुलाई छलफलमा बोलाइएको श्रेष्ठले बताए।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–माधव खेमा संसद पुनर्स्थापनाका लागि संघर्षमा छ।

यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि असंवैधानिक नै हुने बताइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top