ट्रेण्डिङ

होमपेज / राजनीति

ओली-दाहाल पालैपालाे शक्ति प्रदर्शनमा, बाजी कसले मार्ला?

नेपालगाथा २०७७ फाल्गुण १ गते शनिबार ०९:०८:१६ मा प्रकाशित

 काठमाडौं । आज रुपन्देहीको बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । ओली समूहले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी  गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज  हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जानकारी दिएका छन। यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । 

आमसभा दिउँसो साढे १२ बजे सुरु हुने छ । जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।

अहिले नेकपा ओली समूह र प्रचण्ड–माधव पक्षबिच लडाइँ चलिरहेकाे छ। संसद विघटन गरेर उनले कलंकको टीका लगाएको समेत दावी गरेका छन् । अहिले एकले अर्कालाइ गाली गर्ने, हाेच्याउने, अनि आफूनै आधिकारीक नेकपा भएकाे दाबी गर्दै आएका छन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासमा कलंकित सावित भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top