ट्रेण्डिङ

होमपेज / राजनीति

दुई देशबीच वौद्ध पर्यटन विकासमा पहल गर्न प्रधानमन्त्री ओलीको थाइ राजदूतसँग आग्रह

नेपालगाथा २०७७ माघ ३० गते शुक्रबार १९:४५:२८ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओली र राजदूतबीच बालुवाटारमा भएको भेटमा दुई मुलुकबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउनेलगायत विषयमा वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राखेका थिए ।

साथै ओलीले दुई देशबीच ६२ वर्षअघि स्थापना भएको कूटनीतिक सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणा समेत राखेका थिए । राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटक आगमन बढाउन सकिने विचार व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयको विज्ञफ्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top