ट्रेण्डिङ

होमपेज / राजनीति

हिरासतबाटै झाँक्रीले भनिन् : यो अन्तिम लडाईँ हो

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १५:०५:१५ मा प्रकाशित

काठमाडौँ । प्रहरी हिरासतमा रहेकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्तिम लडाईँ भएकोले सबैले आफ्नो ठाउँबाट लड्नु पर्ने बताएकी छन् । हिरासबाटै ट्वीट गरेकी झाँक्रीले भनेकी छन्, ‘राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ।

अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथीहरुले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।’ झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो । झाँक्रीले केही दिन अघि गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top