ट्रेण्डिङ

होमपेज / राजनीति

राज्यविरुद्धको अपराधमा झाँक्रीका नाममा पक्राउ पूर्जी जारी

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १३:०७:२० मा प्रकाशित

काठमाडौँ । नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ रामकुमारी झाँक्रीविरुद्ध जारी भएको छ । राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले झाँक्रीका नाममा पक्राउ पूर्जी जारी गरेको हो । सादा पोशाकमा पक्राउ पूर्जी बिना प्रहरी झाँक्रीको घर पुगेपछि नाराबाजी भएको थियो । अहिले पनि नाराबाजी जारी छ । तर अहिले प्रहरी गम्भीर अपराधको पक्राउ पूर्जी लिएर त्यहाँ पुगेको हो ।

महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको थियो । नआएपछि आफूहरु पुगेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरेको टिप्पणीलाई लिएर उनलाई पक्राउ गर्न खोजिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top