ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने मुख्य योजनाकार शोभाकान्त ढकाल पुर्पक्षका लागि थुनामा

नेपालगाथा २०७७ माघ २८ गते बुधबार २०:०७:२८ मा प्रकाशित

काठमाडाैँ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने मुख्य योजनाकार शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । 

उक्त जग्गाको मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल यसको अनुसन्धान सुरु भएपछि फरार भएका थिए। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशमा ढकालको बयान थियाे। ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गरिएको छ । जग्गा प्रकरणमै अभियुक्त बनाइएकी ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गसिकेको छ । अख्तियारले उनीमाथि ९१ लाख बिगो मागदाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top