ट्रेण्डिङ

होमपेज / राजनीति

'केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ?

नेपालगाथा २०७७ माघ २८ गते बुधबार १७:५८:०० मा प्रकाशित

 काठमाडाैँ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न आग्रह गरेका छन् । ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने भनेर  नेकपा अध्यक्ष पुष्पकमल दाहालले चेतावनी दिएका छन् ।  

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमको पक्षमा कोही पनि नरहेको बताएका छन  । दाहालले आजको कार्यक्रममा रहेको उपस्थितिले ओलीको कदम संविधानको मर्म र भावनाविपरीत रहेको  पुष्टि भएको  बताए । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाएका छन। 

'केपी ओलीजस्तो ठग नेतालाई मैले दुई वर्षमा राम्रोसँग चिनेको छु । अहिले राम मन्दिरको नाममा जनतालाई ठगिरहेका छन् । केपी ओलीको ठगी धन्दा अब धेरै चल्दैन', उनले भने ।  

त्यसैगरी केपी ओलीजीले जुलुस, आमसभा कस्तो हुन्छ देखाउँछौं भन्दै दिएको चुनौती सम्झाउँदै दाहालले भने 'केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ?

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले भोगेको बताए । उनले ५० औं वर्ष सँगै काम गरेकाहरुलाई अन्याय गरेर ओलीले ठूलो गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथलाई यस्तो अपमान किन ? ’उनले नेपालमा लोकतन्त्रको हत्या भइरहेका वेला संसारभरका लोकतान्त्रिक पक्षधरहरूको सहयोग हुने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top