होमपेज / राजनीति
काठमाडाैँ। नेकपा नेतृ रामकुमारी झाँक्रीले राज्यका खलपात्रका विरुद्ध बोल्नबाट कसैले रोक्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताएकी हुन् ।
खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए रु दुनियालाई थाहा छ । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं,’ उनले भनिन्, मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर्ष माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’
नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।उनले खलपात्र विरुद्ध बोल्दा महिला अस्तित्वको विरोध नहुने जिकिर गरिन् । उनले भनिन्, ‘पदको कुनै लिङ्ग हुँदैन । कसले भन्छ खलपात्रविरुद्ध बोल्दा महिला अस्मिताको विरुद्ध हुन्छ रु’
उनले प्रतिनिधिसभा पुनस्र्थापित नभए ‘कानुनमा नलेखिएको प्रधानमन्त्रीको अचम्मको अधिकार मात्रै’ बाँकी रहने बताइन् । खड्गप्रसाद ओलीले पश्चातापको आशु छार्दै यदि प्रतिगन भएछ भन्ने लागेको छ भने बालकोट गएर बस्न आग्रह गर्दछु । होइन भने संस्थागत राजतन्त्र बादशाहलाई घोडाबाट फाल्दै श्रीपेचबाट फालेको इतिहास छ, उनले भनिन्।