ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचनको तयारीबारे जानकारी लिएर ओली फर्किए,आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १७:१४:१० मा प्रकाशित

काठमाडाैँ। निर्वाचनको तयारीबारे जानकारी लिएर प्रधानमन्त्री केपी ओली फर्किएका छन् ।  ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको स्रोतले भन्यो। छलफलका क्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गराउन आफू प्रतिबद्ध रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ,कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए।

निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरू सहभागी थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top