ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतको संवैधानिक इजलास आज बन्द हुने

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार ०९:१८:०६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज बन्द हुने भएको छ। पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा सम्वेदना प्रकट गर्न आज इजलास नबस्ने भएको हो।

सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाण्डेको निधनमा आज एक दिन अदालत बन्द रहने जानकारी गराएका हुन्। न्यायाधीश पाण्डेको ९० वर्षको उमेरमा सोमबार विहान निधन भएको थिए। आज अदालत बन्द रहने भएपछि कामकाज प्रभावित हुने भएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेपछि लामो समयदेखि संवैधानिक इजलास जारी छ ।

प्रधानन्यायाधीशले यो महिनाभित्र सरकार पक्षीय बहस सक्ने संकेत गरेका छन् । प्रधानमन्त्रीका निजी वकिलको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि विज्ञहरूको समूह ‘एमीकस क्युरी’ले आफ्ना धारणा राख्नेछ । प्रतिनिधिसभा विघटनको विरुद्ध परेको मुद्दामा बुधवारबाट बहस जारी रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top