ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली आज किन निर्वाचन आयोग जाँदैछन?

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार ०८:४२:४८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन।  आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग जाने  कार्यक्रम छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  नेकपा विवाद र आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड(नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

नेकपाका दुवै पक्षले आफु आधिकारिक भएको दाबी गरिरहदा निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने सबैको चासो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top