होमपेज / राजनीति
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदकहरुको बहस आज पनि हेर्दाहेर्दैमा सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई ,अधिवक्ता महेश नेपाल लगायतले बहस गरेका थिए ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईले बहसका लागि तोकिएको समय भन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश चोलेनद्रशम्शेर राणा रिसाएका छन् । यसअघि शुक्रबार प्रधानन्यायाधीश राणाले अधिवक्ताहरूलाई १५ देखि २० मिनेटभित्र बहस सक्न निर्देशन दिएका थिए । अधिवक्ता भट्टराईले साढे ११ मा बहस सुरु गरेका थिए , बहसका क्रममा भट्टराईले आधा घण्टाभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश राणाले भने, '१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गाइसक्यो जानुहोस् । अब बहस नगर्नुहोस्, छोडिदिनुहोस् न अधिवक्ता ईश्वरी भट्टराईले बहस अझै लम्ब्याउन सुरु गरेपछि प्रधानन्यायाधीश राणाले भने हाम्रो बाध्यतालाई हेर्नुहुन्न तपाईंहरू । गाह्रो नि हामीलाई, तपाईंहरू भनेकै मान्नु हुन्न भने' ।