होमपेज / राजनीति
काठमाडौं। संवैधानिक परिषद्ले गरेका विभिन्न निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज (आइतबार) हुँदैछ । सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो ।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिएका थिए ।
सभामुख सापकोटाले दर्ता गराएको रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ । निक्तिको विरोधमा नेकपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज समेतले गरिरहेका छन् ।