ट्रेण्डिङ

होमपेज / राजनीति

भागरथी भट्टको हत्याबारे तत्काल अनुसन्धान गर्न देउवाले सरकारसँग माग गरे

नेपालगाथा २०७७ माघ २५ गते आइतबार ०७:४६:२९ मा प्रकाशित

काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षिया भागरथी भट्टको हत्याबारे तत्काल अनुसन्धान गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्।

तत्काल घटनाको अनुसन्धान गर्न देउवाको सरकारसँग आग्रह छ। सामाजिक सञ्‍जाल ट्वीटरमा हिजाे ट्वीट गर्दै उनले भागरथीको हत्याको खबरले निक्कै मर्माहित भएको पनि बताए। “भागरथी भट्टको हत्याको खबरले निक्कै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु”, देउवाले ट्वीट गर्दै भनेका छन्।

उनले मृतक भट्टको आत्मको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरे। भट्टको शव स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो। हत्या गरेर शव फालेको आशंका छ। कक्षा १२ मा पढ्ने उनी बुधबार विद्यालय गए पनि घर नफर्केपछि खोजि गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top