होमपेज / राजनीति
काठमाडौं विभिन्न पेसाकर्मी र श्रमजीवीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध मौन विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न नारा लेखिएका प्ले कार्ड छातीमा टाँसेर कालो पट्टी, मास्कसहित भौतिक दुरी कायम गरी उनीहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।काठमाडौं उपत्यकामा पेशाकर्मी, ट्रेड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टुँडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन भएको छ ।
प्रदर्शनीमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन संघ, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको सहभागिता थियो।