होमपेज / राजनीति
काठमाडाैँ। नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन हिजो बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता–कार्यकर्ता पहिल्यैदेखि तयार भएर बसेका थिए थिए ।
बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । विभिन्न नारा लगाउँदै उनीहरू सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हूलमा थपिए र दायाँ हातलाई तल–माथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले । कहिले जिन्दावाद र कहिले मुर्दावाद भनेर नारा लगाउने क्रममा एमसीसीको विरोधमा नारा लाग्न थाल्यो। हतारहतार उक्त नारा लगाउनु ठीक नभएको संकेत उनको हाउभाउले गरिहाले ।
हिजो आम हड्तालका क्रममा पुल्चोकमा एमसीसी खारेज गर भन्ने नारा लागेपछि दाहालले उक्त नारा रोक्न नेतृ पम्फा भुषाललाई निर्देशन समेत दिएका थिए ।
संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिविरुद्ध आम हड्ताल गरेकाले अरु नारा नलगाउन भनेको भनेर आज प्रचण्डले स्पष्टकिरण दिएका छन। ‘पार्टीले गठन गरेको कार्यदलले एमसीसीबारे सुझाव दिएको, तर यही गर्ने भनेर अन्तिम निर्णय नभइसकेको बताए । उनले अघि भने, ‘म एमसीसीको समर्थनमा गएँ, नीति बदलेँ भनेको होइनँ । अस्ति अमेरिकी राजदूतसँग कुरा गर्दा पनि मैले परिमार्जन गर्ने सम्भावना छ कि छैन ? परिमार्जन जरुरी छ भनेको छु ।