होमपेज / राजनीति
काठमाडौं। १६ स्थानबाट प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिष्ट पार्टीले दरबारमार्गमा जुलुस एकीकृत गर्ने भएको छ। स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार बिहान ११ बजेदेखि १६ वटै ठाउँबाट जुलुस निस्किँदैछ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुससहितको टोली नारायणहिटी दरवार अगाडि पुगेर सभामा परिणत हुनेछ ।त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीबाट आउनेहरुको जुलुस निस्कँदैछ ।
ती सबै ठाउँबाट जुलुसमा आउने सवारीसाधनलाई व्यवस्थापन गर्न दरबारमार्ग तथा आसपासका क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।महानगरीय ट्राफिक महाशाखाका अनुसार दिउँसो १ बजेसम्म जुलुस निस्किने हुँदा ट्राफिक व्यवस्थापनमा असहज हुने देखिएको छ।