ट्रेण्डिङ

होमपेज / राजनीति

संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल समूहले भोलि आमहड्ताल गर्ने

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १४:२५:४८ मा प्रकाशित

काठमाडाैँ।  नेकपाको प्रचण्ड-नेपाल समूहले भोलि आमहड्ताल गर्ने भएको छ। संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको हो ।

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्।‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छ, यी नियुक्ति तुरून्त फिर्ता नलिए  हामीले एक दिन दबाब दिएका हौँ त्यसबाट ब्याक नभए हामी थप कार्यक्रम ल्याउँछौँ,’ नेता शिव कुमार मण्डलले भने ।आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top