होमपेज / राजनीति
काठमाडौँ डा. गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन् ।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सत्याग्रहको घोषणा गरेका हुन् ।
‘केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ’, डा. केसीको विज्ञप्तिमा भनिएको छ ।
२०औँ सत्याग्रहका माग:
१) प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् ।
२) विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् ।